सर्लाही । सर्लाहीको संग्रामपुर नाका अहिले तस्करहरूका लागि सबैभन्दा उपयुक्त ठाउँ बनेको छ। तस्करी नियन्त्रण देखि अन्य काम गर्न नसकेको आराेपमा एसपी नरेश सुवेदी तानिएर अर्को एसपी गए पनि सर्लाहीको तस्करी नियन्त्रण हुने भन्दा पनि खुलेयाम भएको छ। अहिले इलाका प्रहरी कार्यालय संग्रामपुरकाे क्षेत्रबाट व्यापक तस्करी भैरहेको छ ।
तस्करसँग आर्थिक काराेबार गरेको आराेपमा उक्त कार्यालयका असई मनाेज यादव निलम्बनमा परेका छन् । त्यसपछि उक्त इप्रकामा गएका बरिस्ठ सई रामबालक यादवले पनि तस्करीकाे लाइन चलाएको देखिएको छ।अहिले नयाँ इप्रका प्रमुख बरिस्ठ सई रामबालक आएपछि यो नाकाबाट तस्करीकाे लाइन पाउनेहरूमा कपडाको काम गर्ने माधव , मनाेज कालिया र भारतीय नागरिक उमेश ठाकुर प्रमुख छन् । यसबाहेक किरानाकाे काम गर्नेहरूमा उमेश , हिरन , मनाेज लुला , कैलाश गुप्ता , जाेआला , पाठक , पाउरोटी फ्याक्ट्री , पाउरोटी माेटी , रामाशंकर , इनदल , सीता साह छन् । साथै खसिबाेकाकाे काम गर्ने दुई जना रहेका छन् । कपडाकाे तस्करी गर्नेले प्रहरीलाई मासिक जनही ५० हजार , किरानाकाे तस्करी गर्नेले मासिक १५ देखि ३० हजार र खसिबाेकाकाे तस्करी गर्ने दुई जनाले मासिक जनही २५ हजारकाे दरले प्रहरीलाई रकम बुझाएर तस्करीकाे लाइन लिएको समेत खुलेको छ।
बारा र पर्साका अतिरिक्त आम्दानी हुने सबै थाना चाैकीकाे प्रमुख बनिसकेका र धेरै बदनाम भएर मात्रै हाेइन माडरमा कार्यरत रहंदा घुष काण्डमा निलम्बनमा समेत परिसकेका रामबालकले बिरगंजमा सुबिधा सम्पन्न घर समेत बनाई सकेका छन् । नयाँ एसपी प्रबिण धितालले भने आफू भर्खरै आएकोले सबै बुझिरहेकाे बताए ।
प्रतिक्रिया