सबैला नगरपालिका : भोलि स्थानीय पर्व विदा

मधेशपाटी अनलाइन     २०८० मंसिर १०, आईतवार १७:३३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकामा कार्तिक पूर्णिमाको अवसरमा भोली (मंसिर ११ गते) विदा दिएको छ ‌।

सोमवार नगरपालिका र अन्तर्गतका सम्पुर्ण कार्यालयहरुमा एक दिनका लागि स्थानिय विदा रहने सूचनामा उल्लेख छ ।सबैला नगरका नगरप्रमुख कारीराम यादवले पुर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका छन ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ । विशेषगरी धामीझाक्री सिद्धि प्राप्तीका लागि कमला जाने गर्छन् ।कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । धनुषा लगायत ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया





Top