सम्भु पण्डित ,जनकपुरधाम । मिथिलाञ्चलको मैथिली संस्कृति अन्तर्गत चेलिबेटिहरुले मनाउने लोकपर्व ‘सामा-चकेवा’ सोमबार सम्पन्न भएको छ ।
तराई-मधेसमा नौ दिनसम्म दिदीबहिनीहरुले सामा चकेवा गीत गाउने तथा दाजुभाईलाई मिठा परिकार खुवाएर यो पर्व मानाउने गरिन्छ। हरेक वर्ष छठ पर्वको एक दिन पहिले देखि कात्तिक पूर्णिमासम्म दाजुभाइ हुने वा नहुने दिदीबहिनीहरुले आफ्ना दाजुभाइको लामो आयू, सु-स्वास्थ्य र प्रगतिको कामना गर्दै यो पर्व मनाउने पौराणिक चलन छ।
हिन्दुको तिहारको भाइटिका जस्तै सामाचकेवा पर्व हाे बताइन्।
सामा-चकेवा पर्वमा चेलिबेटीहरु दाजुभाइको दीर्घायु कामना गर्दै समूहमा हातमा डालो लिई परम्परागत गीत गाउँदै हिड्ने गर्दछन्।
मिथिला गित..
चुगला करे चुगलि बिलैया करे म्याउ चुगला के राेटि हम नाैचि नाैचि खाउ चुगला के राेटि हम नाैचि नाैचि खाउ ।
प्रतिक्रिया