जनकपुर : आँप बगैँचामा बलात्कारपछि युवतिको हत्या गरी फालिएको शव आशंका !

मधेशपाटी अनलाइन     २०८० मंसिर १२, मंगलवार २१:५९ बजे मा प्रकासित


अभिनय कुमार मिश्र,जनकपुरधाम । आज विहान भेटिएको शवको प्रकृतिले बलात्कार भएको आशंका गरिएको छ ।मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि केही दुरिमा रहेको धनुषाकाे भडरियामा हत्या गरि फालिएको अवस्थामा युवतीको शाव फेला परेको हाे ।
धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियाको बिचला टोलभन्दा करिब २०० मिटर उत्तरमा रहेको एक आँप बगैँचास्थित अर्धनग्न अवस्थामा शव फेला परेको बताईएको छ ।

 

दुई तिनदिन अगाडी नै हत्या गरी फालेर परालले छोपेर राखिएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । शवको प्रकृति हेर्दा युवतिको सुरुवाल खुलेको, भित्री वस्त्र लगाएको तथा भित्री वस्तबाट रगतको अधिक दागहरु देखिएपछि बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ ।

युवतिको शव फेला परेको खवरपछि धनुषाका प्रहरी प्रमुख दिनबन्धु शर्माले आफैँ घटनास्थल पुगेर मुचुल्का गरेका हुन् ।

घटनास्थलदेखि केही दुरीमा नेपाल–भारतको सीमा समेत रहेकोले युवति भारतीय समेत हुन सक्ने अनुमान गरेको हाे ।

उक्त शवको अहिलेसम्म पहिचान भने हुन नसकेको जनाईएको छ । कसैले अहिलेसम्म कुनै निवेदन समेत नदिएको बताईएको छ । घटनाको बारेमा अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया





Top