आम जनता पार्टी : जनतालाई धोका दिने जनप्रतिनिधिहरुबाट भोट फिर्ता अभियान

मधेशपाटी अनलाइन     २०८० मंसिर १२, मंगलवार २२:२१ बजे मा प्रकासित


जनकपुरधाम । आम जनता पार्टीले भोट फिर्ता अभियान चलाउने निर्णय गरेको छ ।

मंसिर ११ र १२ गते काठमाडौंको कोटेश्वरमा बसेको स्थायी कमिटीको पूर्ण बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

यसका अलावा विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने, गौर हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई समातेर प्रहरीलाई बुझाउने पनि निर्णय गरिएको बताइएको छ ।

स्थायी कमिटी बैठकले जनसरोकारका मुद्धाहरुमा जन संगठनहरुले अध्ययन र खबरदारी गर्ने गरी जिम्मेवारी पनि तोकेको बताइएको छ ।

प्रतिक्रिया





Top