बालिकामाथि बलात्कार प्रयास गर्दा स्थानीयहरुले रामधुलाई गर्दै प्रहरीलाई बुझायो

मधेशपाटी अनलाइन     २०८० मंसिर १४, बिहीबार ०६:५४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषामा एक बालिकामाथि दिनदहाडै बलात्कार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुर बस्ने स्थानीय ईन्द्रनारायण यादवका २८ बर्षिय छोरा शशि यादवले स्थानीय एक बालिकालाई पसलमै कपडा च्यातेर बलात्कार गर्न खोज्दा पक्राउ परेका हुन् ।

बुधबार (आज) बिहान करिब ८ बजेको समयमा चोरा कोयलपुरस्थित रहेको स्थानीय समशेर मन्सुरको टेलर (सिलाई पसल) मा सँगै गएकी दुई बालिकामाथि बलात्कारको प्रयास गरेको हो ।

टेलर सँचालक मन्सुरका अनुसार, आफू बालिकाको कपडा सिलाई गरिरहेको अवस्थामा यादव अचानक पसल भित्र छिरेर बालिकाको सबै कपडा च्यातिदियो । दर्जनौ मान्छे चोकमा हुँदाहुँदै पसलमा पसेर बिहानै खुल्ला पसलमा सबै कपडा च्यातेर बलात्कार प्रयास गर्दा स्थानीयहरुले रामधुलाई गर्दै प्रहरीलाई जिम्मा लगाएको हो ।

बालिकाको सबै वस्त्र हरण गरि बलात्कार प्रयास गरिहेको अवस्थामा स्थानीयहरुले उद्धार गरी बालिकालाई तत्काल कपडाले छोपेर ईज्जत बचाएको थियो । यादवलाई गाउँलेहरुले नै समातेर प्रहरीलाई जिम्मा लगाएको हो ।

दीदीबहिनी सँगै गएको बेलामा यादव अचानक उनको कपडा च्यातेर बलात्कार प्रयास गरेका थिए । सो समयमा मन्सुर भने स्थानीयहरुलाई गुहार लगाएका थिए ।

प्रहरीका अनुसार, युवकले पहिले आफैँ नाँगो भए, त्यसपछि बालिकाको सबै कपडा च्यातेर बलात्कार प्रयास गर्दा बालिका उनीसँगै एक बालिकाले प्रतिकार गरेपछि हो हल्ला भएको थियो ।

अहिले यादवलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर अनुसन्धान गरिरहेको छ भने पीडित बालिकाको तर्फबाट अभिभावकले जाहेरी दिएको हो । यादवलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया





Top