तस्करीमा संलग्न आरोपमा एसपी भारतीलाई कारबाही

मधेशपाटी अनलाइन     २०८० मंसिर १४, बिहीबार २२:०२ बजे मा प्रकासित


सिरहा । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले सिराहाका एसपी प्रमोद भारतीलाई कारबाही गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ७ गण सिराहमा कार्यरत सशस्त्र प्रहरीका एसपी भारती र मार्डर बीओपीका डीएसपी रामहरि खड्कालाई गत असोज १६गते नै छानबिनका लागि तानिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहा नगरपालिका १५ सुखचैनाबाट झन्डै ५० लाख रुपैयाँ बराबरको तस्करीको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी मुख्यालयले सिराहका एसपी र डीएसपीलाई तानेर छानबिन गर्न निर्देशन दिएको थियो ।

सशस्त्र प्रहरीका एसपी भारती र डीएसपी खड्काले तस्करसँगको मिलेमतोमा छाडेको कपडा राजश्वले बरामद गरेको पुष्टि भएपछि भारतीलाई नसियतसहित कारबाही गरिएको हो।

सिराहको मार्डरबाट तस्करी गराएका बिओपी मार्डरका अर्का डिएसपी पवन खड्कालाई पनि नसिहतकै कारबाही भएको बुझिएको छ । तर, अर्का डिएसपी रामहरी खड्का भने कारबाहीबाट जोगिएका छ्न् । यता फेसबुकमा संगठनविरुद्ध लेख्ने सइ बाबुराम गैरेले पनि नसिहतको कारबाही भोगेका छन् ।

उनले संगठनविरुद्ध फेसबुकमा लेखेका थिए । संगठनमा अनुशासन नभएको भनेर चिनिने गैरेको दरबन्दी पनि बिगत १० वर्षदेखि रुपन्देही र कपिलवस्तु मात्र हुने गरेको छ ।

ती जिल्लाका बिओपीमा बसेर तस्करी गराउने गरेको आरोप उनिमाथि छ । उनको सरुवा भयो कि शक्ति केन्द्रबाट फोन लगाउने र ती जिल्लाभन्दा बाहिर नजाने चाजोपाजो मिलाउने गरेका छन् ।

प्रतिक्रिया





Top