जनकपुर : खेतमा नवजात शिशु चौरमा बेवारिसे फेला परेपछि..

मधेशपाटी अनलाइन     २०८० मंसिर १५, शुक्रबार ०९:२० बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ बेलौनीस्थित धान खेतमा बिहीबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

 

यहाँका स्थानीयले खेतमा नवजात शिशुलाई देखेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरी चौकी कपेलेश्वरबाट खटिएको प्रहरी टोलीले जीवित नवजात शिशु बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको हो।

शिशुको शरीरमा कुनैपनि बाहिरी चोटपटक नदेखिएको र आवश्यक स्वास्थ्य चेकजाँचका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको कपलेश्वर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक मोहित यादवले जानकारी दिए। नवजात शिशु बालक रहेको उनले बताए।

‘यसबारे प्रहरीले अनुसन्धान थालेको छ। शिशुलाई चौरमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ।’ उनले भने।

प्रतिक्रिया





Top