जनमत पार्टीले वडादेखि प्रदेशसम्मको अधिवेशन गर्ने

मधेशपाटी अनलाइन     २०८० मंसिर १६, शनिबार ०६:०१ बजे मा प्रकासित


जनकपुरधाम । जनमत पार्टीले आगामी वैशाखभित्र वडादेखि प्रदेशसम्मको अधिवेशन गर्ने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वडादेखि प्रदेशसम्मको अधिवेशनको मिति तय गरेको हो ।

 

पार्टी सचिव बीपी साहका अनुसार, १५ मंसिरदेखि १५ माघसम्म वडा अधिवेशन गर्ने निर्णय भएको छ । वडा अधिवेशन सकिएपछि १५ फागुनसम्म पालिका र ३ चैतमा जिल्ला अविधेशन गर्ने निर्णय भएको छ ।

 

जिल्ला अधिवेशन एकैदिन गर्ने सचिव साहले बताए । प्रदेश अधिवेशन २४–३० वैशाख २०८१ का लागि तय भएको छ ।

प्रतिक्रिया





Top