१४ वर्षीय बालिकामाथि उँखुवारीमा गरे बलात्कार

न्यूज डेस्क     २०८० मंसिर १७, आईतवार ०६:४२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको बटेश्वरमा एक नाबालिकाको बलत्कार भएको छ । शुक्रबार धान काट्न खेत गएकी बखत बटेश्वर गाउँपालिकाका घर भएको १४ वर्षीय बालिका बलत्कृत भएकी हुन ।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ बस्ने राम दुलार महतोको छोरा वर्ष २८ को नवीन महतोले चाबी घर पुगाउन गएको बखत उखु खेतमा तानेर लगेर मुख समाती बालिकाको बलात्कार गरेको बालिकाको आफन्तले जनाएका छन् ।

यता युवकको खोजीको लागि प्रहरीको बिशेष टोलि परिचालन गरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेटर दिपक कार्कीले जनाएका छन ।

प्रतिक्रिया





Top