जनकपुरधाम । आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड महोत्तरी आउन लागेका छन् ।
महोत्तरीको गौशालामा आयोजना गरिएको नेकपा माओवादी केन्द्रको मधेश प्रदेश पार्टी प्रशिक्षणका लागि उनी आउन लागेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड आज बिहान ९ बजे विमानबाट जनकपुर विमानस्थल आउने र त्यहाँबाट सिधै कार्यक्रम स्थल जाने माओवादी धनुषाका नेता यादवले जानकारी दिए ।
प्रतिक्रिया