जनकपुरधाम । धनुषामा जनमत पार्टीले अधिवेशन तयारी समिति तोकेको छ।
आज छलफलपछि जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र कुमार मण्डलको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन समिति तोकिएको हो।
समितिको सदस्यहरुमा जनमत पार्टीका राष्ट्रिय सचीव विशेश्वर प्रसाद साह(वीपी ),पार्टी केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,रेखा मण्डल ,केन्द्रिय सदस्य नवीन पण्डित रहेको छ।
त्यसैगरी ,आमन्त्रित सदस्यमा जगदिस प्रसाद सिंह(जेपी सर) र पार्टीका नेता जित कुमार साह रहेका छ्न।
पार्टीको केन्द्रिय निर्देशन अनुसार यस समितिले धनुषामा वडा,नगर र जिल्ला अधिवेशन गराउने समितिको संयोजक सुरेन्द्र कुमार मण्डलले बताएका छन ।
प्रतिक्रिया