भारतीय टीभी सो ‘सीआईडी’ का चर्चित कलाकार दिनेश फडणीसको निधन

न्यूज डेस्क     २०८० मंसिर २०, बुधबार ०७:५८ बजे मा प्रकासित


जनकपुरधाम । भारतीय चर्चित टीभी सो ‘सीआईडी’ का कलाकार दिनेश फडणीसको निधन भएको छ ।सीआईडीमा ‘फ्रेड्रिक्स’ को भूमिकामा अभिनय गर्ने कलाकारको गए राति निधन भएको हो ।

उनको जन्म सन् १९६६ मा भएको हो ।उनका सहकर्मी एवं कलाकार दयानन्द सेट्टीले दिनेशको मृत्यु भएको जानकारी दिएको बीबीसीले समाचारमा जनाएको छ ।

सेट्टीका अनुसार दिनेशको निधन स्थानीय समयअनुसार गएराति १२ बजेर ८ मिनेटमा भएको हो ।उनी गत नोभेम्बर ३० (मंसिर १४ गते) देखि मुम्बईमा रहेको कान्दिवली अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।-बीबीसी

प्रतिक्रिया





Top