छोराको मृत्यु पछि सासुले हिन्दु परम्परा अनुसार बुहारीको विवाह

मधेशपाटी अनलाइन     २०८० मंसिर २४, आईतवार ०६:५३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ बेङ्गडावरका कमला वाईवाले छोराको मृत्यु पछि हिन्दु परम्परा अनुसार बुहारीको विवाह गरिदिएका छन् ।

 

बुहारी ३० वर्षियापबित्र लामाको कर्मघरबाट हिन्दु परम्पराअनुसार गत मंसिर १३ गते कन्यादान गरी विवाह भएको हो । २०७७ साल माघ ३ गते पबित्र लाई बुहारी बनाएर भित्र्याएको थियो ।

 

सासू कमला वाईवाले भनिन्,म पनि एकल महिला हु तर पनि “मेरी जेठी बुहारीको रूपमा भित्र्याएकी उनलाई आज छोरीको रूपमा कन्यादान गरेर बिदाइ गरेँ ।” कमलाका जेठो छोरा नरेन्द्र र पबित्र बिच मागी विवाह भएको थियो । नरेन्द्रको २०७७ फागुन २३ मा निधन भएको थियो ।

 

“बुहारीको माइती पक्षसँग पनि यस विषयमा कुरा कानी भयो,” उहाँहरुले भने,“पारिवारिक सहमतिमै विवाह गराईदिने निर्णय गर्नु भयो।

 

यता मिथिला नगरपालिकाका उप-प्रमुख सुनिता सिंह बुढाथोकीले भन्निन हाम्रो समाजमा यसरीनै एकल भएका छोरी बुहारीहरु लाई परिवारजनले बिवाहा गराई दिदा मधेस प्रदेश र मिथिला नगरपालिका लगायत हाम्रो समाजका लागि पनि राम्रो हुन्छ।कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका लागि पनि उदाहरण भएको बताए ।

 

कर्मघरबाट छोरीको रूपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको पबित्रले बताइन । जीवनमा आई परेका समस्या र त्यसको समाधानबारे धेरै सिकाइ सिके बताउँदै उनले भनिन्,अहिले यही घरबाट बुहारी भएर जान पाउँदा यो समाजका लागि पनि उदाहरण हो जस्तो लाग्छ ।”अब हामीहरूले नयाँ जीवन सुरुवात गर्ने उनले बताइन् ।

प्रतिक्रिया





Top