जसपाको कार्यकारिणी समिति बैठक भोलि बस्दै, यस्तो छ एजेण्डा

मधेशपाटी अनलाइन     २०८० मंसिर २४, आईतवार २१:०० बजे मा प्रकासित


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमवार बस्ने भएको छ ।

बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्न लागेको हो ।

 

बैठकमा आगामी माघमा हुने राष्ट्रियसभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।​​

विशेष गरी राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया





Top