जनकनन्दिनी गाउँपालिका : नयाँ प्रमुख प्रशासकीय अधिकृतमा झा हाजिर

न्यूज डेस्क     २०८० मंसिर २४, आईतवार २१:११ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सर्वजीत कुमार झा हाजिर भएका छन् ।

साे गाउँपालिकामा चौथो अधिकृतको रुपमा अधिकृत झा हाजिर भएका हाे । यसअघि जनकनन्दिनी गाउँपालिकाका अयोधी दासले कुशल कार्यसम्पादन गरी कार्यभार सम्हाल्दै आएका थियो ।

आईतबार एक समारोहबीच गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले उनलाई स्वागत गरेका छन् । गाउँपालिकाका कर्मचारी, जनप्रतिनीधि, कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा अधिकृत झालाई माला अबिर लगाएर स्वागत गरेका हुन् ।

यसअघि सप्तरीको राजगढ गाउँपालिकामा कार्यभार सम्हालेका अधिकृत झाले आईतबारदेखि विधिवत रुपमा जनकनन्दिनी गाउँपालिकाको कार्यभार सम्हालेका हुन् ।

सो क्रममा गाउँपालिका अध्यक्ष यादवले अधिकृत झासँग जनप्रतिनीधि, कर्मचारीबीचको समन्वयकारी भूमिका निर्वाह गरी कुशल कार्यसम्पादनसहित शून्य बेरुजुको लागि कामको अपेक्षा गरे ।

जनकनन्दिनी गाउँपालिकामा अधिकृतको रुपमा अहिलेसम्म अयोधी दास सबभन्दा अधिक समय कार्य सम्पादन गरेका हुन् ।

प्रतिक्रिया





Top