मधेश प्रदेश : २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

न्यूज डेस्क     २०८० मंसिर २५, सोमबार १७:४१ बजे मा प्रकासित


जनकपुरधाम । वीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी एक महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी छिन् ।

बाराको कलैया उपमहानगरपालिका– १६ मझौलियानिवासी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन् ।

२० वर्षीया मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। दीप्ति यादवले जानकारी दिइन् ।

उनका अनुसार तीन सन्तानमध्ये दुई छोरा र एक छोरी छन्। डा। यादवले एक छोरा १.८ केजीको, छोरी १‍.८ केजीको र अर्को छोरा १‍.५ केजी वजनको रहेको बताइन् ।

प्रतिक्रिया





Top