महानगरपालिकाको कार्यकक्षमा मेयर सिंह र उपमेयर आलम पक्षबिच हानाहान

न्यूज डेस्क     २०८० मंसिर २६, मंगलवार १५:१४ बजे मा प्रकासित


बीरगंज । मधेश प्रदेशको बीरगंज महानगरपालिकाको कार्यकक्षमा मेयर र उपमेयर पक्षबिच हानाहान भएको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली भएपछि त्यसमा को बस्ने भन्ने विषयमा विवाद भई मेयर राजेशमान सिंह र उपमेयर ईम्तियाज आलम पक्षबिच हानाहान भएको हो ।

मेयर सिंह बस्ने कार्यकक्ष भएको भवनमा माथि अर्को तल्ला थपेर उनको कार्यकक्ष माथि सारे पछि उनी बस्दै आएको कार्यकक्ष खाली भएको छ । त्यही कार्यकक्षमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तयार भएर कार्यक्षक सरेको थियो । यसरी प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कार्यक्षक खाली भएको थियो ।

त्यो कार्यकक्षमा बीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो । सामान सार्दैको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा ताल्चा लगाएको थियो । उपप्रमुखको सचिवालयले कार्यकक्ष सारिएको बारेमा आफूहरुलाई जानकारी नभएको भन्दै ताल्चा लगाएको स्रोतले जनायो । प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।

त्यही ताल्चा खोल्न केही वडाध्यक्षको टोली सहितले आज प्रयास गरेपछि दोहोरो हाना हान भएको प्रत्यक्षदर्शीले बताएका छन । दोहोरो हानाहान भएपछि सुरक्षा ब्यवस्था मिलाउन प्रहरी परिचालन गरिएको छ ।

पर्साका डिएसपी कुमार बिक्रम थापाको कमाण्डमा महानगरपरिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका अनुसार महानगरको अवस्था अहिले शान्त रहेको छ ।

प्रतिक्रिया





Top