जनकपुरधाम । एमाले सांसद लक्ष्मी महतो कोइरी जोडिएको ज्यान मुद्दामा भोलि पनि निरन्तर सुनुवाइ हुने भएको छ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा बुधबार तेस्रो दिन पनि सुनुवाइ निरन्तर हुने भएको हो।
न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा सोमबारदेखि यस मुद्दाको सुनुवाइ चलिरहेको छ। मंगलबारसम्म सरकारी वकिलको बहस सकिएको र प्रतिवादीका कानुन व्यवसायीले भोलि निरन्तर बहस गर्ने महोत्तरी अदालतकी श्रेस्तेदार नूतन झाले जानकारी दिइन्।
२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरिएको थियो। हत्यामा तत्कालीन मधेशवादी दलका नेता (हाल एमालेका निलम्बित सांसद) लक्ष्मी महतो कोइरीको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर भएको थियो।
त्यतिबेला कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो। जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए।








प्रतिक्रिया