अग्नि पीड़ितहरुको घर निर्माण नगर्दा विजोगमा, ३ लाख दिने ठाउँमा डेढ लाख दिएर फरार

मधेशपाटी अनलाइन     २०८० मंसिर २७, बुधबार ०७:०९ बजे मा प्रकासित


रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वड़ा नम्बर ४ मानपुरका अग्नि पीड़ितहरुको घर निर्माण नगर्दा विजोगमा परेका छन ।

२०८० बैशाख महीना भएको भीषण आगलगीको कारण १६ जनाको घर पूर्ण रुपमा जलेर नस्ट भएको पीड़ितहरुको समयमा घर निर्माण नहुँदा खुल्ला आकाश मुनि जीवन विताऊन बाध्य भएको हो ।

अग्नि पीड़ितहरुको घर निर्माण गर्ने जिम्मा लिएका माण्डवी नामक सस्थाले मापदण्ड घर निर्माणको कार्य अधुरो छोडेर सम्पर्क विहीन भएपछि पीड़ितहरु घरबार बिहीन बनेको छ । जिल्ला विपद व्यवस्थापन समितिसँग अग्नि पीड़ितलाई पुर्नवासको लागि घर बनाई दिने प्रतिबद्धता गरेका माण्डवी संस्थाले घरको फाउन्डेसन मात्र खड़ा गरेर छोड़ेपछि पीड़ितहरु विचलितमा परेका छन ।

घर निर्माण गर्न आएका माण्डवी संस्थाले ऋण लिएर खर्च गराएर अधुरो काम छोडेर फरार भएको स्थानीय अग्नि पीड़ित महेश मुखियाको पत्नी राजपति देवीले बताए । तिन किस्तामा १ लाख ५० हजार रुपैया संस्थाले दिएको र आफै गाउँ घरमा १५० लाख रकम कर्जा लिएर गरी खर्च गरेको छु उनले भने घरको पूरा निर्माण जिम्मेवारी संस्थाले लिएर हामीसँग धेरै किसिमको सहि छाप गराए दुई कोठे पक्की भवन भुइकम्प रहित शौचालय र शुद्ध खानेपानीको व्यवस्था सहितको सहमति गराएर एक पीडितको घर निर्माणमा ३ देखि ५ लाख सम्म खर्चको लागत अनुसारको लगानी गरेर निर्माण कार्य अगाडि बढाय पछि जग हाल्ने सम्म मात्र काम गरेर भागेपछि पाल मुनि बसिनु पर्ने अवस्था आएको दुखेसो पोखे ।

२ कोठाको घर निर्माण गर्ने जिम्मा लिएका माण्डवीले फाउन्डेसन मात्र त्यार गरेको र माटो पनि पूर्ण रुपमा पुरेको छैन । माधव नारायण नगरपालिकाले आगलगी विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्य विधि २०७७ अनुसार पुनर्निर्माणको लागि १६ जना लाभग्राहीको पहिचान गरी जिल्ला विपद व्यवस्थापन समितिमा पठाएको विपद व्यवस्थापन शाखाका राजेश यादवले जानकारी दिएका छन ।
अग्नि पीड़ितको रुपमा पहिचान गरिएका रामएकवाल राय यादव, महेश मुखिया बिन, उपेंद्र मुखिया, बद्री भगत, मनोज मुखिया, रोहित भगत, जय करण मुखिया बिन, सबिता कुमारी मुखिया, बालकेसी देवी, हरेसी मुखिया, इनरदेव भगत, जिनिस मुखिया, नेमिलल मुखिया , प्रेमलाल मुखिया , योगेन्द्र मुखिया र बिकाउ मुखियाको घर अधुरो रहेको छ ।

घर समयमा नबनाइ दिएको हुदा बर्षातको समयमा अरुको घरमा शरण लिएको बताउँदै चिसो मौषममा पनि परिवार सहित झुपड़ीमाँ गुजरा गर्नु पर्ने पीड़ित लीला देवीले दुःख व्यक्त गरेकी छीन ।
घटनापछि आएका प्रदेश सांसद एवं भौतिक पूर्वाधार मन्त्री कृष्णा यादवले घर बनाई दिने आश्वासन दिएर गएपछि फेरी हेर्न पनि नआएको गुनासो पीड़ित बद्री भगतको रहेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मापदण्ड अनुसार घर निर्माण गरिदिने प्रतिबद्धता गरेको माण्डवीले मापदंड विपरीत घर निर्माणको कार्य गरेको गुनासो आएको हुदा त्यस विषयमा बुझने कार्य गरिरहेको बताए ।

प्रतिक्रिया





Top