जनकपुरधाम, मंसिर २८ गते । सर्लाहीमा एक सहकारीका कर्मचारीबाट अज्ञात समूहले पाँच लाख रुपैयाँ लुटेर फरार भएका छन् ।
बिहीबार बिहान करिब साढे ११ बजेको समयमा हरिपूर्वा नगरपालिका ६ हनुमान चोकस्थित लुटपाट भएको प्रहरीले जनाएका छन् ।
हरिपूर्वा स्थित रहेको बैंकबाट रकम झिकी जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र बसन्तपुरपुरतर्फ जाँदै गर्दा मोटरसाइकलमा सवार भएर आएका दुईजनाले पैसा लुटेर फरार भएको खबर प्रहरीमा आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनले खोजीका लागि नाकामा कडाई गरिएको भन्दै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटेको जानकारी दिए ।प्रहरी नायव उपरीक्षक थारुले लुटपाटमा संलग्नहरुको खोजी सुरु गरिएको बताए ।
प्रतिक्रिया