जनकपुरधाम । धनुषा जिल्लाकाे सबैला नगरपालिका ९ सताेषरमा एक ६ बर्षिय बालिकालाई बलात्कार पछि हत्या गरिएको घटना बाहिरिएको छ ।
मधेश प्रदेशकाे राजधानी जनकपुरधामदेखि २८ किमि दुरिमा रहेको सबैला नगरपालिका वडा नम्बर ९ कुशमाहा सताेषरस्थित छ बर्षिय बालिकालाई बलात्कार पश्चात हत्या गरी फालिएको अवस्थामा पोखरीमा शाव फेला परेको हो ।
कुशमाहा सतोषर बस्ने स्थानीय एक बालिकालाई जवर्जस्ती करणी गरि घाँटी थिचेर मारेको अवस्थामा धनुषा प्रहरीले शव बरामद गरेको हो ।
बुधबार रातिदेखी नै हराइरहेकी उक्त बालिकालाइ खोजबिन गर्दै गर्दा गाउँ भन्दा ५०० मिटर पश्चिम दुरिमा रहेको एक पोखरीबाट प्रहरीले बिहिबार राती ८ बजे शव बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्दै जादा अनुसन्धानको क्रममा घटनामा संलग्न त्यही गाउको अन्दाजि बर्ष २५ र ३६ को दुई युवकले जवरजस्ती करणी पछि घाँटी थिचेर हत्या गरेको रहस्य बाहिरिकाे खुल्न आएको हो ।
बालिकालाइ खोज्दै जादा प्रहरीको डग टोलिले ती पोखरीको वरिपरि मात्र घुमिरह्दा इलाका प्रहरी कार्यालय युदुकुहाको प्रहरी नीरिक्षकले त्यही पोखरिमा मारेर फालेको हुन सक्ने भनी दिनभरी दमकलले पानी निकासी गरि राती ८ बजे तिर शव फेला पारेको हो ।घटनामा संलग्न दुबैलाई हिरासतमा लिइएको हो ।
उनिहरुमाथी जवरजस्ती करणी तथा ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया