गोली चलाएर सहकारी लुट्ने अझै भेटिएनन्  लुटेरा फरार 

न्यूज डेस्क     २०८० मंसिर २९, शुक्रबार २३:४१ बजे मा प्रकासित


सर्लाही। सर्लाहीको हरिपूर्वामा बिहीबार लुटेराले गोली चलाएर सहकारीको पाँच लाख नगद लुटेका छन् । हरिपूर्वा नगरपालिका–५ स्थित जयगंगा बचत तथा ऋण सहकारीको रकम लुटेराले लुटेर भागेका हुन् ।हवाई फायर गरेर लुटेराले सहकारीको कर्मचारीले बोकेको रकम लुटेर भागेका हुन् । एनआईसी एसिया बैंकबाट रकम निकालेर सहकारीको मुख्य शाखामा लगेर त्यहाँबाट अन्य ब्रान्चमा लैजाँदै गर्दा रकम लुटिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।
सहकारीका शाखा प्रबन्धक रामनाथ राय र कर्मचारी नीरा रायले नगद लिएर शाखा कार्यालयतर्फ जाँदै गर्दा हरिपूर्वा–६ स्थित हनुमान चोक नजिकै लुटपाट भएको हो । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको एसपी धितालले जानकारी दिए । उनले भने–‘इन्स्पेक्टरको नेतृत्वमा समिति बनाएर अनुसन्धान तथा छानबिन गरिरहेका छौँ ।’नम्बर नखुलेको मोटरसाइकलमा सवार लुटेरा महोत्तरीतर्फ भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया





Top