विसुनदेव सरदार,लहान । सिरहाको धनगढीमाई नगरपालिकाको सर्रे खोलाबाट डिभिजन वन कार्यालय लहानले अनुसन्धानको लागि नियन्त्रणमा लिएको चालकसहित एक थान जेसीभी र सात थान ट्याक्टर तत्काल नगरपालिलाई बुझाउन अनुरोध गरेको छ।
वास्तविकता भन्दा- एउटा खोलामाथि दुई वटा कार्यालयले भिन्दा भिन्दै अधिकार प्रयोग गरिएको छ। यता, धनगढीमाई नगरपालिका कार्यालय नगरप्रमुख शिव शँकर महतो भन्छन् – नगर भित्रका सबै नदी, खोला, हाम्रो अधिकारमा छन् । त्यस्तै, डिभिजन वन कार्यालय सुचना अधिकारी राधेश्याम चौधरी भन्छन् – जिल्लाभित्र मातहतका खोला, नदी, चुरे, हाम्रो अधिकारमा छन् ।
अर्थात एकको अधिकार अरुले खोस्ने प्रयास भएको हेर्न सकिन्छ ।
यो सँगै, डिभिजन वन कार्यालय लहानका हाकिम सुजित कुमार झाको केहीदिन देखि सिराहामा रजाईँ बढेको देख्न सकिन्छ ।
स्थानीयतह सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरभित्रका सम्पूर्ण खोला,नदी, नाला, नगरको मातहतमा रहने उल्लेख छ।
तर, जिल्ला वन अधिकृत झाले ठाडो आदेशमा बदनियत तवरले नगरपालिकाको कर्मचारी पक्राउ पुर्जी आदेश गरेको पछि चौतर्फी आलोचना भइरहेको छ। अधिकृत झाले – समान्य समान्य कुरामा पनि हक लगाउने , आफुँ जिल्ला वन अधिकारीको ” पावर ” देखाउने गर्छन् । समान्य कुरामा पनि विज्ञप्ति निकाल्ने बानी बसालेका छन् ।
हाकिम झाले- अवैधानिक रुपले धनगडीमाई नगरपालिकाको “जेसिबि” गाडी, ट्राक्टर नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी , सम्झौता विपरित नदिजन्य पदार्थ उत्खनन् गरेको भए कानुनी कार्वाही गर्ने अधिकार पालिकामा निहित रहेको भन्दै डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको बरुण कन्सट्रक्सनको ट्याक्टर र जेसीभी अभिलम्ब धनगढीमाई नगरपालिलाको जिम्मा लगाउन बुधबार विज्ञप्तीमार्फत अनुरोध गरेको हो।
नगर प्रमुख शिव शंकर महतोले जारी गरेमो प्रेस विज्ञप्तीमा पालिकाको वडा नम्वर १२ र १३ मा पर्ने सर्रे खोला विधि प्रकृया अपनाई सम्झौतामा उल्लेखित शर्तको अधिनमा रहेर नदिजन्य पदार्थ उत्खनन् गर्ने कार्यको लागि बरुण कन्सट्रक्सनलाई चलन पुर्जि दिएको उल्लेख गरिएको छ।
‘सम्झौता विपरित नदिजन्य पदार्थको उत्खनन् गरेमा सो उपर कार्वाही गर्ने अधिकार समेत यस पालिकामा निहित रहेको हुँदा डिभिजन वन कार्यालय लहाले अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् अभियोगको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको चालकसहित सवारी साधान पालिकाको जिम्मा लगाउन अनुरोध गरिएको विज्ञप्ति उल्लेख छ।
विज्ञप्तीमा स्पष्ट लेखिएको छ- ‘सम्झौताबाट सृजित हुने सम्पूर्ण कानुनी परिणामको जवाफदेही पूर्ण रुपमा नगरपालिकाको रहेको हुँदा अनुसनधानको नाममा डिभिजन वन कार्यालय लहानले बदनियत पूर्वक सम्झौतामा हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु उपर गरेको अमर्यादित व्यवहार तत्काल स्थागित गरी नगर प्रमुखसँग समन्वय एवम् पूर्व जानकारीमा मात्र नगरपालिका भित्र कुनै पनि गतिविधि गर्न जानकारी गराइन्छ।’
विज्ञप्तीमा नेपालको संविधान, २०७२ को अनुसूची ९, स्थानीय सरकार सञ्चालन एने, २०७४ ले दिएको अधिकार र ‘धनगढीमाई नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय कार्यविधि, २०७७’ आधारमा उत्खनन् कार्यको ठेक्का लगाईको उल्लेख गरिएको छ।
डिभिजन वन कार्यालय लहानले अवैधरुपमा गिट्टी, बालुवा निकालिरहेको अवस्थामा धनगढीमाई १२ सर्रेखोलाबाट यहि मंसिर १५ गते एक थान डोजर र छ वटा ट्याक्टर नियन्त्रणमा लिएको बताएको छ।
डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजनल वन अधिकृत सुजित कुमार झाले वन एने २०७६ अनुसार नम्वरी बाहेका सवै जमिन वनको अधिकार क्षेत्रमा पर्ने भइकाले त्यस्ता ठाउँमा उत्खन गर्न स्थानीय तलहले जिल्ला समन्वय समिति र वन कार्यालयको सहमति र समन्वयमा वातावरणीय सर्वेक्षण गरेरमात्र ठेक्का लगाउन पाउने व्यवस्था भएको बताउँदै आएको छ।
भनिन्छ -” अधिकारको आआफ्नो ठाउँ सदुपयोग हुनुपर्छ ” तर नेपालमा जतिबेला अरुको अधिकार खोस्ने प्रयत्न गर्छन् । कुनै समान्य व्यक्ति माथि अधिकार हन्नको घटना समान्य पनि होइन । कानुन अधिकार सबैका लागि बराबर हुन्छ, तर- सानो तिनोलाई जेल, अधिकृत जस्तो ओहोदा रहेकालाई छुट, मनपरि अप्रीय भएन् ।
प्रमुख झाले ‘यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा हामीसँग कुनै सहमति तथा समन्वय नभएकाले हामीले गाडीहरु नियन्त्रणमा लिएका हौँ- स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रकृया र आवश्यकताको आधारमा कार्वाही अगाडी बढ्छ।’
यता स्थानीयले भने दिनदाहाडै जथाभावी उत्खनन गरिरदाँ चुँइक्क सम्म नबोल्ने नगर प्रमुखले ठेकेदारको गाढी पक्राउ पर्दा विज्ञप्ती नै जारी गरेको प्रति आसंका व्यक्त गरेका छन्।
स्थानीयहरुले धनगढीमाई नगरपालिकाको उत्तरी भेगमा अनुमति नै नलिई पच्चीसौँ पचासौं ठाउँबाट गिट्टी, बालुवा निकासी भई रहँदा संरक्षण कर्ताहरुमाथि व्याङ्ग्य छरिदै गएको हो ।
प्रतिक्रिया