यूएईबाट काठमाडौं आएको एयर अरेबियाको शौचालयमा मृत अवस्थामा शिशु फेला

मधेशपाटी अनलाइन     २०८० पुष ४, बुधबार १६:५१ बजे मा प्रकासित


जनकपुरधाम । यूएईबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको हो।एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन। यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ।

ती महिला यात्रुलाई केएमसी अस्पताल सिनामंगल लगिएको प्रहरी स्रोतले बताएको छ।

प्रतिक्रिया





Top