काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरोले सामाजिक सञ्जालमार्फत नाबालिकालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका-१ का ३३ वर्षीय सगीर अहमद रहेका छन्। पीडितले दिएको उजुरीका आधारमा साइबर व्यूरोले अहमदलाई इन्टरपोल शाखाको सहयोगमा रेड कर्नर नोटिस जारी गरी आज दुबईबाट नियन्त्रणमा लिएको हो ।
अहमदले नाबालिकामाथि दुर्व्यवहार गरेको पुष्टि हुन आएकाले पक्राउ गरिएको व्यूरोले जनाएको छ ।
अहमदले पीडित नाबालिकासँग सामाजिक सञ्जाल फेसबुकबाट साथी बनी कुराकानी गर्ने क्रममा अश्लील क्रियाकलापबाट दुस्ख दिने तथा मानसिक यातना दिएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा उजुरी दिएका थिए ।
उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा २०७९ माघ १० गते मुद्दा दर्ता गरेको थियो ।








प्रतिक्रिया