काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । बिहीबार पार्टी प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्तिप्रति गम्भिर आपत्ति प्रकट गर्दछ । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हॅुदैन । त्यसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ।’
किराँतीले “क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्” भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्मलगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी गैरसंवैधानिक, सामाजिक सद्भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी अभिव्यक्ति दिएको राप्रपाको ठहर छ ।
प्रतिक्रिया