कांग्रेसलाई ‘अन्तरघात गर्ने रोग’ लागेको छ, आउँदो चुनावमा बहुमत ल्याउनुपर्छ : सभापति देउवा

मधेशपाटी अनलाइन     २०८० पुष ५, बिहीबार २०:४२ बजे मा प्रकासित


जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदो चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।

उनले भने, “हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुहोला ।”

बिहीबार पार्टीको मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सभापति देउवाले नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा पार्टी लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया





Top