दुईजना मिलेर एक्कासी लठ्ठी प्रहारले आदित्यको मृत्य, दुबैदास प्रहरीको फन्दामा

मधेशपाटी अनलाइन     २०८० पुष ६, शुक्रबार ०७:०१ बजे मा प्रकासित


विष्णुदेव सरदार/ सिराहा । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका -४ सपही बस्ने ११ वर्षीय आदित्य कुमार ठाकुरको नाशामा मात्तिएको बेला २ जना मिलेर मारिएको छ। मार्नेहरुमा, जनकपुरधाम उपमहानगरपालिका -१२ हनुमाननगर बस्ने २२ वर्षीय संजय दास र २५ वर्षीय बादल दास रहेका छन् ।

उनीहरुलाई, संजय दास र बादल दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि आफ्नो हिरासतमा लिइएका छन् ।

मृतक आदित्य कुमार ठाकुर झण्डा मेला हेर्न मंसिर २२ गते पढाई लेखाईको सिललिलामा नानानानी गाउँ जनकपुरधाम उपमहानगरपालिका – १२ हनुमाननगर पुगे । त्यसको ठिक एकहप्ता पछि मंसिर २९ गते शुक्रबार साँझ हनुमान मन्दिरबाट जबर्जस्ती आदित्य कुमार ठाकुरको मोबाइल खोस्यो ।

त्यसपछि, संजय दास, बादल दास भने- मेरो पछाडिपछाडि आउनुस् (वाईफाई) हाल दिन्छु। आदित्य कुमार ठाकुरले उनीहरूको पछि लागे, उनीहरूहरुले दुश्मनी , नशा , ट्याबलेट र रक्सी खाएकै बेला एक्कासि लठ्ठीले पिट्दापिट्दै ज्यान लिइएको थियो ।

 

यी दुई दासलाई प्रहरीले घटना स्थलबाटै हिरासतमा लिइएका छन् । उनीहरूले प्रहरीको अगाडि आफ्नो सफाईमा भनेका छन् । मिस्टेक मिस्टेकमा हामी दुवै जनाले लठ्ठी प्रहार गर्दा बच्चाको ज्यान गयो “सोर्री” भनेर स्वीकार गरेका छन् ।

मृतकका बुबा हरि ठाकुर भाबुक हुँदै जानकारी गराए अनुसार – शुक्रबार छोरा बाबुको मारिएको खवर सुनिए पछि जसरी त्यसरी बिदा लिएर बिदेशबाट फर्किए । मलाई ३ सन्तान थियो एउटामात्रै छोरा थियोे । पहिलो १६ वर्षीय छोरी, माइलो बिचको ११ आदित्य , फेरि ५ वर्षीय छोरी थियोे । अब, मेरो दुनियाँमा उजडियो अंध्यारो छायो । उनले थप्दै भने – प्रहरी, प्रशासन , नेपाल सरकारबाट मलाई न्याय चाहिएको छ । हत्यारा संजय दास, बादल दासलाई कडाभन्दा कडा कार्यवाहीको मांग गरेको छ।

प्रतिक्रिया





Top