जनकपुर : प्रहरी हिरासतमै एक थुनुवा मृत्यु भएपछि स्थानीयद्वारा प्रदर्शन , ३ राउण्ड गोलि चल्यो ।

न्यूज डेस्क     २०८० पुष ६, शुक्रबार १०:३५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।

प्रतिक्रिया





Top