सिराहाको बरियारपट्टी नाकामा तस्करको रजाइँ मासिकरुपमा थापाको असुली

मधेशपाटी अनलाइन     २०८० पुष ७, शनिबार ०६:४३ बजे मा प्रकासित


सिराहा, पुस ७ गते ।सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा अबस्थित सशस्त्र प्रहरी बल नेपाल बियोपि बरियारपट्टीमा दिनहुँ तस्करीको रजाइँ देखिन्छ । बरियारपट्टी गाउँपालिकामा रहेको सो सशस्त्र प्रहरी बल बियोपि बरियारपट्टीका प्रहरी निरीक्षक कृष्ण थापाले तस्करहरुसँग जनहीरुपमा मासिक लाखौं रकम बुझेर तस्करीलाई बढावा दिएको स्थानीयले आरोप लगाएका छन् ।

बियोपि बरियारपट्टी र प्रहरी चौकी जानकीनगर नाकामा मासिक २५ हजार देखि १ लाख २५ हजार रुपैयाँसम्म असुली गरेर दिनरात नाका खुल्ला गरिएको एक स्थानीय बाबाले बताए ।

स्थलगत रिपोर्टिङका क्रममा बरियारपट्टी र जानकीनगर नाका पुगेका संचारकर्मीहरुसँग स्थानीयवासीहरुले निरीक्षक थापाले भारतबाट दैनिक उपभोग्य सामाग्रीहरु भारतीय बजारबाट किनेर ल्याउने क्रममा नियन्त्रणमा लिएर दु:ख दिने गरेको भन्दै रातभरि समानहरु नेपाल-भारत छिराउने तस्करहरुसँग महिनावारी पैसा बुझेर उल्टै उनीहरुलाई सहयोग गर्दै आएको बताए ।

बिहान हुने बित्तिकै हजारौं मोटरसाइकल, साइकलले छरछिमेक गाउँका मेलाझै किसान उपभोक्तहरु भारतीय बजार लदनियाँ बजार पुग्छन् । उनीहरूले सामान किन्छ, नेपाल छिराउने बितिक्कै बोर्डरमा पैसा तान्ने जोगाड खोज्छन् । पैसा नदिए पछि भन्सार काटेर जानुस् प्रहरी जवानले भन्छन् । दिनहुँ करोडौंको मालसामान आयात निर्यात हुने नाकाका रुपमा सिरहाको बरियारपट्टी नाकालाई लिइन्छ । थापाको बानी यस्तो रहेछ- हिन्दीमा एउटा कहाबत छ- इलाका तेरा, धामाका मेरा जस्तै – उनले कसैलाई बोर्डरमा उचित समानव्यवहार गरेको देखिदैन्। उतश्रृङख्ला र छाडा क्रियाकलापमा बढी आश्रित रहेको पाइएको छ। “पाबर र शक्तिको आड्मा स्थानीय छरछिमेकलाई बढी तर्साउने गर्छन् ।

तथापि, तस्करी धन्दा नरोकिनु आफैंमा लज्जास्पद पनि हो !

एक स्थानीय बाबाको भनाइ थियोे – ” सशस्त्र प्रहरी बियोपि बरियारपट्टीका प्रहरी निरीक्षक कृष्ण थापा तस्करसँगको साँटघाँटको कुरो कुनै नौलो कुरो होइन ।

उनको अगाडि “पैसा फेको तमासा देखो” मानसिकताका मानिस रहेको बताए ।

यो सँगै, बरियारपट्टी नाकाबाट दिनरात तस्करहरुले भारतीय बजार लदनियाँ बजारबाट जुत्ता, कपडा थान, चिनी चामल , लोहा हार्डवेयर आदि सामग्रीहरु गैरकानुनी रुपमा नेपाल छिराउँदै आएका छन् । भने अर्कोतिरबाट – नेपालबाट फलफूल नास्पति, छहोरा, मटर, मरिच, फेसियल क्रिम लगायतका पाउडर र सौर्न्दर्य सामाग्रीहरु भारत छिराउँदै आएका छन् ।

निरीक्षक थापाको नेतृत्वमा बियोपि बरियारपट्टी नाकामा दुई दर्जनभन्दा बढी प्रहरी जवानहरु कार्यरत छन् ।

प्रहरी निरीक्षक कृष्ण थापालाई बरियारपट्टीमा आएको ६ महिना पुग्नै लागेका छन् । यस विषयमा थापासँग प्रतिक्रिया लिन खोज्दा उहाँले पन्छिनु भयो ।

प्रतिक्रिया





Top