फरार थुनुवा प्रहरीले २४ घण्टाभित्रै पक्राउ

मधेशपाटी अनलाइन     २०८० पुष ८, आईतवार ०६:०० बजे मा प्रकासित


सिरहा । सिरहा प्रहरीको नियन्त्रणबाट भागेको थुनुवा पक्राउ परेका छन् । सिरहा प्रहरीले २४ घण्टा भित्रै फरार थुनुवा लहान नगरपालिका २१ बस्ने वर्ष ३० का छोटु सदायलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।

गत बिहीबार बालय यौनदुव्र्यबहार आरोपमा पक्राउ परेका सदायलाई शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय म्याद थपका लागि लगेको बेला हतकडी फस्काएर फरार भएका थिए ।

प्रहरीले व्यापक खोजतलासको क्रममा ईलाका प्रहरी कार्यलय लहान सिरहाबाट सादा पोशाकमाखटिएको प्रहरी टोलिले शनिबार दिउँसो कल्याणपुर नगरपालिका १२ थलहा स्थित लुकेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया





Top