भारतबाट उद्धार गरिएका आठ बालकलाई लगाइयो परिवारको जिम्मा

मधेशपाटी अनलाइन     २०८० पुष ९, सोमबार ०६:१६ बजे मा प्रकासित


गौर। रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेका आठ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका आठ बालकहरूलाई आज अभिभावकको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो । विगत करिब ४ महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिका राखिएको थियो ।उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्षा उमेर समूह रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top