सिरहाकि सरिता महराको कथा, यसरि ठगिको सिकार बन्न पुगिन

न्यूज डेस्क     २०८० पुष ९, सोमबार ०६:४१ बजे मा प्रकासित


सिरहा । घरको अबस्था दयनिय भएपछि आफ्नो घरपरिबारको जिबिकोपार्जन गर्न सरिता महराकि श्रीमान उमेश महरा बिदेसिए ।
बिदेशबाट केहि दिनका लागी छुट्टि लिएर आफ्नो घर फर्केपछि कल्यणपुर महुलिया नजिक मोटरसाइकल दुर्घटनामा उनको श्रीमानको मृत्यु भयो । मृत्यु भएपछि घर-परिबारमा उनि एक्लि भइन,जम्मा तिन जनाको परिबार मध्ये एक जना ससुरा,आफु र श्रीमान थिइन । जसमा उनकि ससुरा हाल सिरहा कारागारमा कैदी जिबन बिताइरहेका छन ।

सम्पतिको नाउँमा घडेरि बाहेक अरु केहि नभएपछि उनि आफ्नि माइती कल्याणपुर(भेरिया) पुग्छिन,त्याहा पनि घरको अब्स्था दयनिय थियो । गरिबि जिबनमा,काम गरेर माइतमा बस्दै आइरहदा उनलाई एक जना धनुषा जिल्ला को बिनोद यादब सङ्ग आफ्नो पिडा राख्दा उनले आफु बिमा कम्पनि सङ्ग कुरा गरेर पैसा मगाइ दिने कुरा गरे । त्यसपछि सरितालाइ लिएर बिनोद बिमा दाबि गर्न सबै प्रकृया मिलाएर पैसा ७ लाख मगाइदिन्छन जसबाट उनले सरिता सङ्ग खर्चको नाउमा चेकमा हस्ताक्षर गरेर १ लाख लिन्छन,पछि फेरि अर्को किस्ता १३ लाख आउदा,त्यसबाट ५ लाख लिन्छन ।

सरिताले मलाई यो चेकमा किन हस्ताक्षर गराउदै हुनुहुन्छ भनेपछि सबै प्रकृया मिलाउन पैसा दिनुपर्छ,तिमिले मलाई पैसा नदिए म गाउँ गएर पैसा बारे सबैलाइ जानकारि गराइ लुटपाट गराइदिने धम्कि दिन्छन पछि उनि बाध्य भएर डरले पैसा दिन पुग्छिन ।
यसरि एउटा दलित समुदायकि महिला ठगिको सिकार बन्न पुगेकि छिन ।

यसरि ठगिएको कुरा स्थानीय जनमता पार्टी बाट कल्याणपुर नगरपालिकाका प्रत्यासि उम्मेदवार धनिक लाल मण्डलले थाहा पाएपछि,उनको घरमै पुग्दा ठगिएको कुरा बुझे । धनिक लालले कागजपत्र हेर्दा यो बिमाबाट प्राप्त भएको रकम मात्र देखे त्यपछि उनले कम्पनिबाट समेत पैसा दिलाउन पहल सुरु गरे पछि १८ लाख रकम सरिताले प्राप्त गरिन । ‘उनले,ठगिएको रकम ६ लाख फिर्ता गराउन समेत पहल सुरु गरिरहेको बताए ।

प्रतिक्रिया





Top