धनुषाबाट लागूऔषध सहित एक जना पक्राउ

मधेशपाटी अनलाइन     २०८० पुष ९, सोमबार ०७:४० बजे मा प्रकासित


जनकपुरधाम । धनुषाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । शनिबार दिउँसो करिब ३ बजेको समयमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर १ महिनाथपुरस्थित प्रहरी चौकी ठाढी-झिझाबाट प्रहरी असई उपेन्द्र यादवको कमाण्डमा खटिएको गस्ती टोलीले एक जनालाई पक्राउ गरेका हुन् । प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रिलाई संका लागी चेकजाँच गर्दा भारत जिल्ला मधुबनी महिनाथपुर वडा नं.९ बस्ने अन्दाजी २० वर्षीय श्रवण कुमार मण्डललाई पक्राउ गरेको होे ।

प्लास्टिकको झोलामा लुकाई ल्याएको (Nitravat-10) नाइट्रोभेट १० पता (प्रती पता ३० वटाको दरले ३०० वटा टयाव्लेट, (Sammex-Capsules) स्यामेक्स क्यापसुल २४ पता (प्रती पता ६ वटाको दरले १४४ वटा टयटव्लेट, (Cough-Syrup) कफ सिरप प्लीज्यान्ट क्याप्सुल १३ पिससहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरेको मण्डललाई थप अनुसन्धानको भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार भट्टले जानकारी दिए ।

प्रतिक्रिया





Top