आरती मृत्यु प्रकरण : पति मोतीबाबु साह पक्राउ

न्यूज डेस्क     २०८० पुष ९, सोमबार १५:२९ बजे मा प्रकासित


जनकपुरधाम। आरती मृत्यु प्रकरणमा धनुषा प्रहरीले साहका पति मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको छ ।उनले पक्राउ परेका मोतीबाबुलाई सार्वजनिक विदा पछि अदालतमा पेश गरिने पनि बताए ।

धनुषा प्रहरीका इन्सपेक्टर उपेन्द्र खरेलले मोतीबाबुलाई सूचनाको आधारमा जनकपुधाम वडा नम्बर १ मा रहेको सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरिएको हाे ।

गत मङ्सिर २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो ।

आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएका थिए। माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका श्रीमान र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले मङ्सिर २० मा सुनुवाइ गरेको थियो। सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार उनका श्रीमानलाई पक्राउ गरिएको छ ।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघरमण्डलमा धर्ना दिँदै आएका छन ।

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप हाे ।

प्रतिक्रिया





Top