सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रयोग गर्ने भारतिय नम्बरको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ।चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले प्रयोग गर्ने बिआर ३० पि १२१२ नम्बरको स्कारपियो शंकास्पद अवस्थामा रहेको भन्दै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित रामछविला पेट्रोल पम्प नजिकैबाट शंकास्पद अवस्थामा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले प्रयोग गर्ने बिआर ३० पि १२१२ नम्बरको स्कारपियो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।उनले गाउँपालिकाको ना १ झ १६५७ नम्बरको सरकारी स्कारपियो सार्वजनिक विदाको दिनमा पनि प्रयोग गर्ने गरेका थिए ।
सरकारी स्कारपियो सार्वजनिक विदाको दिन प्रयोग गरेका भन्दै स्थानीयले नियन्त्रणमा लिएपछि उनले भारतिय नम्बरको स्कारपियो प्रयोग गर्न थालेका थिए।गाउँपालिका अध्यक्ष महतोले प्रयोग गरेको भारितय नम्बरको स्कारपियोको करिब १५ दिन पहिलै भन्सार समेत सकिएको पाइएको छ भने शंकास्पद अवस्थामा सो स्कारपियो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता,पहिला आफैँ भन्सार काट्न गएमा प्रति दिन रु छ सयका दरले हुने तर भन्सार फेल भएर एक सातापछि आएमा प्रतिदिन रु दुई हजार पाँच सयका दरले भन्सार काट्ने कानुनी प्रक्रिया रहेको छ तर प्रहरीले नियन्त्रणमा लिएको अवस्थामा प्रहरीको प्रतिवेदनमा भरपर्ने बताइएको छ।
प्रतिक्रिया