महोत्तरीमा फेरी एक महिला बलात्कृत

न्यूज डेस्क     २०८० पुष ११, बुधबार १७:३९ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरीको गौशालामा एक बलात्कारको घटना बाहिरिएको छ । गौशाला नगरपालिका वडा नम्बर १ रामनगर स्थित घरभएको करिब ४० वर्षकी एक महिला बलात्कृत भएको घटना बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गएको शनिवार घास काट्न जंगल गएको बेला मोका छिपी जंगलमै करिब ४० वर्षका विरेन्द्र यादवले महिलालाई बलात्कार गरेको हो ।

पिडित महिलाले गौशाला इलाका प्रहरीमा उजुरी गरेकी थिइन् । घटनापश्चात आरोपित फरार रहेको छ भने यादवको खोजविन जारी रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।फाइल तस्बिर 

प्रतिक्रिया





Top