सिरहा : महिलासँगै होटेलमा बसेका पुरुषको मृत्यु, महिला पक्राउ

न्यूज डेस्क     २०८० पुष ११, बुधबार १७:५७ बजे मा प्रकासित


सिरहा, पुस ११ गते । सिराहा जिल्लाको मिर्चैयामा महिलासँगै होटलमा बसेका एक पुरूषको मृत्यु भएको खबर बाहिरिएको छ ।

कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्।

हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा अचेत भएपछि सँगै रहेकी महिलाले होटल सञ्चालकलाई खबर गरेकी थिइन् ।

ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यद्दपी प्रहरीले ती महिलाको परिचय भने खुलाएको छैन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया





Top