सबैला नगरपालिका : मेयर यादव भन्छ ५० हजार खातामा आएपछि….

न्यूज डेस्क     २०८० पुष ११, बुधबार २१:१८ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २५ कि. मि रहेको धनुषा जिल्लाको सबैला नगरपालिकाका मेयर यादवले भने एक विद्यालयबाट आफ्नो खातामा ५० हजार रुपैयाँ आएपछि आश्चर्यमा परेँ प्रहरीमा उजुरी दिएको बताए ।

 

मेयर यादवका अनुसार सबैलाको सिटिजन्स बैंकमा रहेको उनको खातामा गत शुक्रबार साँझ ५० हजार रुपैयाँ आएको उनले एसएमए समार्फत थाहा पाएका थिए ।

‘खातामा अचानक ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज आएपछि म आश्चर्यमा परेँ । कसैको मिस्टेकले त आएन । आइतबार बैंकमा गएर बुझ्दा बरकुर्वा माविका लेखापाल देवकुमार यादव र प्रधानाध्यापक बैजुकुमार साहले सो रकम हालेको थाहा पाएँ’।

आफूलाई बदनाम गर्ने नियतले खातामा पैसा हालेको भन्दै उनले वडा नम्बर १२ स्थित रहेको फकिरचन्द गामी माध्यमिक विद्यालय- बरकुर्वाका लेखापाल देवकुमार यादव र बैंक खाता नम्बर उपलब्ध गराउने बैंकका कर्मचारी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका छन ।

मेयर यादवले भने, ‘मेरो खाता नम्बर कहाँबाट आयो भनेर बुझ्दा बैंककै कर्मचारीले दिएका रहेछन् । मलाई बदनाम गर्ने नियतले हालेको हो भनेर मैले दुबैजना विरुद्ध उजुरी दिएको छु ।’सबैलास्थित सिटिजन्स बैंकका शाखा प्रबन्धक जनक कार्कीले कर्मचारीबाटै व्यावहारिक रुपमा मेयरको बैंक खाता नम्बर विद्यालयका प्रधानाध्यापक र लेखापाललाई दिएको बताए ।

‘गाउँघर हो । फलानोको किस्ता तिर्नु छ, फलानोको पैसा तिर्नु छ भनेपछि हामी व्यावहारिक रुपमा खाता नम्बर उपलब्ध गराइदिन्छौं’ शाखा प्रमुख कार्कीले भने शुक्रबार प्रिन्सीपल साह सर र लेखापाल यादव सर आउनुभएको थियो । चिनजानकै भएर उहाँहरुले मेयर साहेबको खाता नम्बर दिनुस् भन्नुभयो । खाता नम्बर यहीँबाट पाउनुभयो । ५० हजार रुपैयाँ खातामा राखेर जानुभयो ।’

आफूहरुले नियतवश खाता नम्बर नदिएको र मेयरको खातामा जम्मा भएको रकम फिर्ता गराएको पनि शाखा प्रबन्धक कार्कीले बताए ।

उजरी परेपछि इलाका प्रहरी कार्यालय सबैलाले बुधबार लेखापाल देवकुमार यादवलाई बोलाएको थियो । मेयरको उजुरीबारे छलफल गर्न यादवलाई बोलाएको प्रहरी निरीक्षक सुन्दर चौलागाईंले बताए ।

पठन पाठन राम्रो नहुने, भनेको नमान्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयमा अनियमितता भएको भन्दै पटक पटक बोलाउँदा पनि प्रधानाध्यापक साहले वास्ता नगरेको मेयर यादवले बताए ।

फकिरचन्द गामी माविका प्रधानाध्यापक बैजु साहले आफू एउटा महत्वपूर्ण काममा २/३ दिनदेखि बाहिर रहेको र त्यस विषयमा जानकारी नरहेको बताए । ‘म यो विषयमा अनभिज्ञ छु । विद्यालय पुगेपछि मात्र जानकारी गराउँछु’, उनले भने ।

विद्यालयमा पठन पाठन भद्रगोल भएपछि गत साउन महिनादेखि सबैला नगरपालिकाले यहाँका शिक्षकहरुको तलब रोकेको छ । तलब रोकेको कारण बदनाम गर्ने नियतले आफ्नो खातामा पैसा जम्मा गरेको हुन सक्ने मेयर यादवको भनाइ छ ।

प्रतिक्रिया





Top