बर्दघाटमा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते

न्यूज डेस्क     २०८० पुष १२, बिहीबार ०५:५४ बजे मा प्रकासित


अनिल बनिया- बिनोद निगम, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते भएका छन । बर्दघाट १२ भटौलियामा कजरिया टायल्स उद्योगको निर्माणाधिन ट्रष्ट भत्किएको हो ।

घाईते सबै मजदुर रहेको र उनिहरुको बर्दघाटमा रहेको स्थानिय चौपत्ता सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा बर्दघाट न:पा का १२ भटौलियाका कमलेश हरिजन, पर्साको बिरगंजका उप: म:न:पा का अमरेन्द्र प्रसाद शाह र रौतहट भुतहवा न:पा का राजेश कुमार रजक रहेका छन् भने बाँकि भारतिय मजदुर छन् । जसमा भारत रक्सौलका सिकन्दर भारती, मुजफरनगर छपहार बस्ने वर्ष अन्दाजी १९ को मोहम्मद सहिक, सोहि ठाँउका मोहम्मद सादिक, अतिर त्यागी, जाबेत त्यागी, मसरुप मोहम्मद, अमन मोहम्मद घाईते भएका हुन् ।

छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट विस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि रेशम बोहोराले जानकारी दिए ।

प्रतिक्रिया





Top