सिरहा प्रहरी एक्सनमा : होटलहरूमा लगातार छापा, दुई होटलबाट ६ जना पक्राउ

न्यूज डेस्क     २०८० पुष १३, शुक्रबार ०७:२३ बजे मा प्रकासित


सिरहा । मिर्चैयाका होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासोपछि मिर्चैया प्रहरी एक्सनमा आएको छ । प्रहरीले हिजोदेखि लगातार होटलहरूमा छापा र निगरानी गरिरहेको छ ।

छापाका क्रममा प्रहरीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित होटलहरूबाट बुधबार ६ जनालाई पक्राउ पनि गरेको छ । ओखलढुंगे होटलबाट दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना र एभरेष्ट होटलबाट राति २ पुरुष र २ महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । होटलहरूमा निगरानी बढाएको भन्दै गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले जनाए ।

प्रतिक्रिया





Top