काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले स्थितिलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको छ।शुक्रबार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाबारे विज्ञप्ति जारी गर्दै आक्रोशित भीडलाई नियन्त्रणमा लिन बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको हो । ललितपुरको बालकुमारीमा प्रदर्शनकारीले एक्कासी ढुंगामुढा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको र दुर्घटना भएको ललितपुर प्रहरीको दाबी छ ।जिल्ला प्रहरी परिसर ललितपुरले घटनास्थलमा खटिएका डीएसपी उमेश लम्सालसहित ३ जना प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएसँगै स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको जिकिर गरेको छ ।ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका-१ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका-६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन रावत छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी ९एसपी० नवराज कार्कीले शुक्रवार साँझ एक विज्ञप्ति जारी गरेर ‘एक्कासी ढुंगामुढा’ भएको बताएका हुन् । ‘भिड तितरबितर गर्न अश्रुग्याँस प्रहार गर्दा बालकुमारी तर्फ गएको समूहले मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी रोकेर टायरमा ओट लगाई हावा फुस्काएर आगजनी गरे, त्यसपछि टियर ग्याँस र रबर बुलेट प्रहार गर्नुपर्ने अवस्था आयो,’ विज्ञप्तिमा भनिएको छ ।
बिहान ८ बजेदेखि नै ईपिएस कार्यालय अगाडी रोजगार अनुमति प्रणली (इपिएस) परिक्षामा सहभागीता हुनुपर्ने माग लिएर करिब ३ हजार मानिस भेला भएका थिए । मन्त्रीको गाडी आगजनी र तोडफोडमा संलग्न ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया