सांसद साहले गरे वेब सिरिज ‘आरती’ प्रिमियरको उद्घाटन

मधेशपाटी अनलाइन     २०८० पुष १५, आईतवार ०८:२१ बजे मा प्रकासित


जनकपुरधाम । क्राइममा आधारित ‘आरती’ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ ।

काठमाण्डौँ स्थित अर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री मा. नवल किशोर साहको प्रमुख आतिथ्यमा प्रिमियरको आयोजन भएको थियो। प्रमुख अतिथिद्वारा पानसमा दियो बालेर कार्यक्रमको उद्घोटन भएको थियो। कार्यक्रममाु सामाजिक हिंसामा मारिएका सम्पूर्ण आरतीहरू प्रति एक मिनेटको मौनधारण गरिएको थियो। उक्त प्रिमियरमा सिरिजको इपिसोड १, २ र ६ स्क्रिनिङ्ग भएको थियो।

ब्रीजवाटर कलेजको प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दहाल, सिनेम्याटोग्राफर निरज कडेल, डायरेक्टर सत्यराज चौलागाईँ, चर्चित अभिनेता मुकन्द भुषाल, चलचित्र पत्रकार महासंघको महासचिव रघुनाथ सापकोटा, सामाजिक अभियन्ता पुण्य गौतम, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, पूर्व इन्सेप्कटर चन्द्र नारायण यादव, नेत्र ज्योति संघका अध्यक्ष डा. शैलेश मिश्र, गायक सन्तोष सानु, लाफमाण्डुको निर्देशक रूपेश घिमिरे, आदिको विशिष्ट आतिथ्य रहेको थियो ।

सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ। रोशन दासको कथा र निर्देशन रहेको छ भने कथा लेखन हिकमत शर्माले गरेका हन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री साहले भने, ” नेपाली-मैथिली सिनेमाको इतिहासमा युवाहरूको प्रयास आरती सिरिज धेरै दृष्टिकोणले सराहनीय रहेको र यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्तताका लागि अभिप्रेरित गर्दछ। सत्ताको दुरूपयोग गर्नेहरू र ढिला गतिमा हिडने न्यायलयलाई सजग गर्दछ। ”

कार्यक्रममा निर्देशक रोशन दास, कलाकारद्वय नूतन, राज पौडेल, दिपनारायण शर्मा, गीतकार विद्यानन्द बेदर्दी, पुण्य गौतम, आदिको मन्तव्य रहेको थियो। सिरिजको न्यारेटर बिशाल भट्टराईले संवाद र कविता प्रस्तुत गरेका थिए ।

कलाकार गीता श्री, सञ्चारकर्मी गजेन्द्र गजुर, रवि शर्मा, जीतेन्द्र यादव समेतको उपस्थिति रहेको थियो। कलाकार लक्ष्मण अधिकारीको अध्यक्षता रहेको उक्त प्रिमियर कार्यक्रमको संचालन दिपेश घिमिरेले गरेको थियो ।

उक्त सिरिज नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित छ। ६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरिजको ‘Net TV’ पुस १६ देखि प्रसारण हुने भएको छ ।

प्रतिक्रिया





Top