जनकपुरधाम । ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका धनुषको नगराइन, नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्र भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग उनीहरुले ७० हजार रुपैयाँ घुस लिएका थिए ।।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत जेठमा उनीहरूलाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।
बिशेष अदालतले शुक्रबार दुवैलाई दोषी ठहर गरेको हो । ७० हजार घुसको मुद्दामा चार देखि ६ महिनासम्म कैद सजाय हुने कानूनी प्रावधान छ ।








प्रतिक्रिया