आज मधेशमा हुस्सु र कुहिरो हिमाली भूभागमा हिमपातको सम्भावना

न्यूज डेस्क     २०८० पुष १८, बुधबार ०७:१४ बजे मा प्रकासित


जनकपुरधाम । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

आज सूर्योदय बिहान ६ बजे ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ।

प्रतिक्रिया





Top