१८ लाख नक्कली नोट सहित पक्राउ

न्यूज डेस्क     २०८० पुष १९, बिहीबार १८:१० बजे मा प्रकासित


रौतहट । रौतहट प्रहरीले ठूलो परिमाणको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकबाट प्रहरीले गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षिय संदिप यादवलाई १८ लाख ४३ हजारको नक्कली नोट सहित पक्राउ गरेको हो ।

पटेल चोकमा सवारी चेकजाँचका क्रममा प्रहरीले यादवको साथ बाट १८४३ थान १ हजारको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन ।

पछिल्लो समय रौतहटको विभिन्न ग्रामिण बजारहरुबाट फाटफुट रुपमा नक्कली नोटहरु बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो । नक्कली नोट सहित पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाएको डिएसपी गिरीले बताइन ।

यादवको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यस अघि पनि प्रहरीले शिवनगर मेलाबाट भारतीय नोट सहित चार जना, गरुडा नगरपालिका ४ बाट १ हजार दरको ७ थान नक्कली नोट सहित ३ जना, यसैगरी बालचनपुरबाट १ हजार दरको २० तान नक्कली नोट सहित १ जनालाई पक्राउ गरिसकेको थियो ।

प्रतिक्रिया





Top