जनकपुरधाम । फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय श्रीभगवान साह रहेका छन । उनले पौष १० गते देखी १८ गते सम्म मोबाइल नम्बर ९८०१५७७५१० बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिइ ५ देखी ५० लाख सम्मको रकम माँग गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन ।
पक्राउ परेका साहले व्यापारी र उनका छोराछोरीको समेत ज्यान मार्ने धम्की दिएर बारम्बार रकम माग गरे पछि प्रहरीले घटनामा प्रयोग भएको मोबाइल नम्बरलाई अनुसन्धान गरेर उनलई पक्राउ गरेको डिएसपी गिरीले बताइन ।
“साहलाई आपराधिक लाभ(एक्सर्टसन) सम्बन्धी कसुर अन्र्तगत आवश्यक अनुसन्धान र कारवाही गर्दै पक्राउ गरेका छौं ।” प्रवक्ता डिएसपी गिरीले भनिन “यस घटनामा अन्य पनि संलग्न व्यक्तिहरुको पहिचान गरी खोजतलाश गर्ने कार्य भइरहेको छ ।”
प्रतिक्रिया