मधुवनी, सर्लाही । गोडैता नगरपालिका वार्ड -१२ मधुवनीमा अतिक्रमण गरिएको सडकमा आरसिसी ढलान गरिएको छ ।
वडाअध्यक्ष केशव कुमार को विशेष पहलमा विगत १८ बर्षदेखि अतिक्रमण गरि राखेको सडकमा १३ फिट ढलान गरिएका छन ।
आज एक कार्यक्रमका बिच गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले विवादित सडकको उदघाटन गरेका हुन ।
गोडैता नगरपालिकाको वडास्तरिय योजनाको ११ लाखको लागतमा महेश राउतको घरदेखि घनश्याम राउतको घरसम्म्म ८५ मिटर आरसिसी ढलान गरिएको हो ।
सडक चौडा गरी ढलान भएसंगै स्थानीयवासीहरुलाई आवतजावत तथा एम्बुलेन्स लगायत अतिआवश्यक गाडी ल्याउन सहज हुने उपेक्षा गरिको हो ।
३० बर्षअघि निर्माण भएका सडकमा स्थानीयवासीले गाईगोरु बाधेर कब्जा गर्नुका साथै सडकमै घर निर्माण गरिदिएका थिए ।
वडाअध्यक्ष केशव कुमार अनुसार पटकपटक वार्ता र लामो प्रयासपछि विवादित सडकमा ढलान गर्न सफल भएकोमा उहाँले खुशी व्यक्त गरे ।
सडक बनाउन जादा हजुरबा बनाउन नसक्दा नाति आएछ भनी कतिपयले कुरा समेत काटेको र अन्तिम समयमा भएपनी साविक १० फिटको अतिक्रमीत सडकलाई ३ फिट बढाएर ढलाउन सक्नुलाई वडाअध्यक्ष केशव कुमारले ठूलो सफलताको रुपमा लिएका हुन ।
सडक उदघाटन समारोहमा बोल्दै मेयर देवेन्द कुमार यादवले स्थानीय सरकारले विकास निर्माण कार्यलाई तिब्रता दिएको र आफनो कार्यकालमै नगरका सारा सडक ढलान हुने दाबी गरे ।
सडकको उदघाटन समारोहमा नगरप्रमुख सहित वार्ड १२ का वडासदस्यहरु, स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।








प्रतिक्रिया