महोत्तरी । महोत्तरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका मोटरसाइकलका चालक आइतबार पक्राउ परेका छन् ।
साहले चलाएको ज. ६ प ४८४६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पुस १७ गते बेलुका ८ बजे रामनगर जंगलमा नामथर र वतन नखुलेका ती पुरुषको मृत्यु भएको थियो ।पहिचान खुल्न नसकेका अन्दाजी ३०/३२ वर्षीय एक पुरुषलाई सडकमा हिडिरहेका बेला ठक्कर दिएर भागेका महोत्तरी गौशाला नगरपालिका पडा नम्बर ५ का ३८ वर्षीय गणेश प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले पैदलयात्रीलाई ठक्कर दिएर भागेका साहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
मोटर साइकलको ठक्करपछि घाइते भएका ती युवाको उपचारका लागि वर्दिवास लग्दै गर्दा मृत्यु भएको थियो । पोष्टमार्टमपछि कानूनबमोजिम ती पुरुषको दाहसंस्कार पनि प्रहरीले नै गरिदिएको छ ।
प्रतिक्रिया